काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं(तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको थियो ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना रहेको बताइएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
खबर एक्सप्रेस
श्रावण २२, २०८१
१२४


.gif)


