काठमाडौं - अभिनेता सुशान्तसिंह राजपुतको आ’त्मह’त्याको खबरले यतिबेला बलिउड शोकमग्न छ। ३३ वर्षीय यी स्टार अभिनेताले बान्द्रास्थित आफ्नै घरमा आइतबार दिउँसो आ’त्मह’त्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सुशान्तले जुनको पहिलो हप्ता दिवंगत आमा र आफ्नो तस्विर ब्ल्याक एन्ड ह्वाइट बनाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए जसमा लेखिएको स्टाटसमा उनले आमाबारे उल्लेख गरेका थिए।
स्टाटसको एक पंक्तिमा उनले लेखेका छन्- छोटो समयमै सकिने जीवन। उनी अपार्टमेन्टको छैँटौँ तलामा झु’न्डिएको अवस्थामा भेटिएका थिए।

.gif)


