काठमाडौं - बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। पछि उनले बाहिरी विभिन्न देशमा गएर उपचार गराएर ठिक भएका थिए ।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले सलाम बक्बे, एक डाक्टरकी मौत, गुण्डे, फटपाथ, बिल्लू जस्ता दर्जनौ हिट फिल्ममा काम गरेका थिए । अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। उनले हिन्दी सिनेमामा गुणस्तरीय अभिनयका कारण चर्चित थिए ।

उनले विभिन्न विधामा फिल्मफेयर अवार्ड, जिसिने अवार्ड लगायत दर्जनौ सम्मान दिइएको थियो । उनले पद्मा श्री सम्मान समेत हात पारेका थिए । गत शनिबार उनकी आमाको निधन भएको थियो।