काठमाडौं - सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् ।

उनले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए ।

मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन सञ्चार मन्त्रालयमा विहीबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री डा।खतिवडाले उनलाई सामाजिक सञ्जालले पुनः नियुक्ति गरेको टिप्पणी गरे ।

“यस विषयमा सरकारलाई थाहा छैन, बाहिर आएको सूचनामा सत्यता छैन” उनले भने । केही दिनदेखि सामाजिक सञ्जाल तथा केही अनलाइनमा घिसिङ पुनः नियुक्तिको सूचना प्रवाह हुँदै आएको थियो ।