ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री
खबर एक्सप्रेस
२०७८-०२-२८ ०५:३५ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् ।
यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् ।
पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए । दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन् । यसअघि, ठाकुर पक्षका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो ।
नागरिक दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस