नेपाल प्रहरीका केन्द्रीय प्रवक्तामा एसएसपी कडायत
खबर एक्सप्रेस
२०७७-०४-१४ ०६:१९ मा प्रकाशित
Total Shares: 488
काठमाडौं - नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतले पाएका छन् । एसएसपी कडायतले बुधबारबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि प्रधान कार्यालयले नयाँ प्रवक्ता तोकेको हो ।
यस्तै, एआइजी शाही र प्रधुम्न कार्कीलाई बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाइदिए । उनीहरुले क्रमशः प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानव श्रोत विभागमा पदबहाली गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस