प्रधानन्यायाधीशविरुद्ध पापडले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले आज मार्चपास गर्ने भएको छ ।
पापडले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।
प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुनुपरेको भन्दै पापडले परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लङ्ग पारेको र देशमा न्याय-शून्यता सिर्जना गरिदिएको आरोप लगाएको छ ।
पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ । जसमध्ये चरणवद्ध आन्दाेलनमा रहेकाे बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस