ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश
खबर एक्सप्रेस
२०७८-०३-२२ ०७:४७ मा प्रकाशित
Total Shares: 334
काठमाडौं, एजेन्सी - ब्राजिल जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।
सोमबार भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।
ब्राजिलको जितमा लुकास पाक्केटाले ३५ औं मिनेटमा निर्णायक गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । बाँकी समयमा दुवै टोलीले गोलको अवसर पाएपनि गोल गर्न सकेनन् ।
ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस