पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
आज मृत्युपुष्टि हुनेमा २ जना महिला र ७ पुरुष रहेका छन् । मोरङका ६४ वर्षिया महिला र ४५ वर्षिय पुरुष, झापाकी ४५ वर्षिया महिला, पर्साका ७७ वर्षिय पुरुष, धनुषाका ३५ वर्षिय पुरुष, काठमाडौँका ७४, ६८ र ८५ वर्षिय ३ पुरुष र चितवनका ७० वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। १ हजार ८१४ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस