काठमाडौं-नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ नचाहिने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन्।

सांसद पन्तले सल्लाहकार राख्ने प्रावधान सच्याउनुपर्ने बताए। राष्ट्रपति प्रधानमन्त्री र मन्त्रिपरिषद्को सल्लाहमा चल्नुपर्ने उनको भनाइ छ। ‘राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन। राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन। कानुनमा यो राखिए पनि यो संशोधन गर्न जरुरी छ। राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राख्यौँ भने यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ।’ उनले भने, ‘राष्ट्रपतिले नियमित सरसल्लाह गर्ने, चल्ने संस्था भनेको प्रधानमन्त्री र क्याबिनेट नै हो।’

राष्ट्रपतिले परराष्ट्र सल्लाहकार राखिएको विषय समाचारमा देखिएको भन्दै परराष्ट्र मामिला परराष्ट्र मन्त्रालयबाट मात्र चल्नुपर्ने उनको भनाई छ।