अब नाकामा ५०० रुपैयाँसम्मका सामानमा भन्सार नलाग्ने
काठमाडौं - सरकारले स्थल सीमा नाकामार्फत आवतजावत गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा वृद्धि गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार अब स्थल नाकाबाट आउने-जाने व्यक्तिले ५०० रुपैयाँसम्म मूल्यका व्यक्तिगत प्रयोगका सामान साथमा ल्याए वा लगेमा भन्सार महसुल नलाग्ने व्यवस्था गरिएको छ।
यसअघि सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु सीमा नाकाबाट ल्याउन रोक लगाएको थियो। उक्त प्रावधान कार्यान्वयनका क्रममा विभिन्न सीमा क्षेत्रमा असन्तुष्टि र विवादका घटना देखिएका थिए।
यो विषय संघीय संसद्मा समेत उठेको थियो। त्यसक्रममा स्वर्णिम वाग्ले ले पूर्ववर्ती सरकारले ल्याएको व्यवस्थाको समीक्षा गर्दै छुट सीमामा पुनर्विचार गरिने बताएका थिए।
एक सय रुपैयाँ समयसीमाको आम नागरिले चर्को विरोध गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर छुट सीमा बढाएको हो ।
जसलाई सीमावर्ती क्षेत्रका व्यवसायीहरूले नयाँ व्यवस्थालाई सकारात्मक कदमका रूपमा लिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस