काठमाडौं-नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिएसँगै विभिन्न तीज गीत आउने क्रम पनि बढ्दो छ । त्यसै क्रममा एकदमै नयाँ तीज भाका बजारमा आएको छ ।

सुमधुर स्वरकी धनी गायिका शान्ता जीसी र गायक प्रेम सापकोटाको आवाजमा (गोप्य कुरा) बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जिसीले अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा तीज गीत (गोप्य कुरा) बाजारमा ल्याएकी हुन् । उक्त गीतमा शब्द संगीत गायक प्रेम सापकोटा कै रहेको छ भने, संगीत संयोजन सुनिल परियारको रहेको छ ।गीतलाई मिक्सिङ्ग मास्टरिङ खडक बाजुरालीले गरेका हुन् ।

गीतको भिडियोमा शेखर घर्ति मगरको निर्देशन र कोरियोग्राफी रहेको छ, छायांकन दुर्गा पौडेल, सम्पादन प्रकाश धमलाको रहेको छ । भिडियोमा बिजय पुन र समारिका ढकालले नृत्य गरेका छन्। गीतको भिडियो गायिका शान्ता जीसीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।