काठमाडौं - धनगढी एफसी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई २१ले पराजित गर्दै धनगढीले फाइनलको यात्रा तय गरेको हो । 

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । तर, ७८औं मिनेटमा धनगढीका पुजन उपरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको १०८औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई २–१ को जि दिलाए । 

पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अवसर पाउनेछ । । काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ । ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।