काठमाडौं - जर्मनीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ ।

वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ सय २४ जनाको मृत्यु भएसँगै ५ हजार ८६ जनाको मृत्यु भएको छ । १ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म जर्मनीमा कोरोनाबाट १ लाख ४८ हजार संक्रमित भएका छन् भने ९५ हजार निको भएका छन् । जर्मनी कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुकमध्ये एक हो ।