प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने
खबर एक्सप्रेस
२०८०-०२-२५ ०८:३१ मा प्रकाशित
Total Shares: 95
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।
संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ ।
बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिवार पनि छलफल जारी रहने भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस