भक्तपुरमा एकै परिवारका ३ जना मृत फेला
खबर एक्सप्रेस
२०७७-०५-२६ ०७:०२ मा प्रकाशित
Total Shares: 399
काठमाडौं - भक्तपुरमा एकै परिवारका ३ जना मृत फेला परेका छन् ।
प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित निवासी ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव शुक्रबार साँझ घरमै फेला परेको हो । घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिपको शव फेला परेको प्रहरी स्रोतले बताएको छ ।
यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस