काठमाडौं - आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ। 

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी पहिलेको भन्दा कडा पार्ने विषयमा निर्णय गर्न आज दिउँसो २ बजेपछि बैठक बस्न लागेको हो । 

 यसअघि थप गरिएको निषेधाज्ञाको अवधि भोलि (साउन २७) गतेबाट सकिँदै छ।