काठमाडौं - नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपीमा नियुक्त गरेको हो । थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् । डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन् । आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो ।