कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-०९ ०२:५२ मा प्रकाशित
Total Shares: 494
काठमाडौं - वीरगञ्जमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा ८५ वर्षीय वृद्धाको मृत्यु भएको हो ।
उनको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् ।
केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस