गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी
काठमाडौं - काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर तामाङ 'वाइवा' विजयी भएका छन् ।
निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटालाई झण्डै एक हजार मतले पाखा लगाउँदै नगरप्रमुखमा तामाङ निर्वाचित भएका हुन् । तामाङ ९ हजार ४०६ मत पाएर विजयी हुँदा सापकोटाले ८ हजार ३५१ मत ल्याए ।
त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी सरिता ढकाललाई ४ हजार ४ सय ७९ को मतान्तरले हराउँदै नेपाल विजयी भएका हुन् । नेपालले ११ हजार ३ सय ५ र ढकालले ६ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।
यो नगरपालिका एमालेका पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस