काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७८-०१-२० ०५:४२ मा प्रकाशित
Total Shares: 303
काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ९२२ जना, ललितपुरका ५२२ जना र भक्तपुरका २ हजार २२२ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घन्टामा थप ७ हजार ४४८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस