ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०७९-११-२७ ०१:१५ मा प्रकाशित
Total Shares: 124
काठमाडौं - सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस