भोलि पुनः बस्ने गरी सकियो नेकपाकाे स्थायी कमिटी बैठक
खबर एक्सप्रेस
२०७६-०८-२९ ११:०० मा प्रकाशित
Total Shares: 336
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । आइतवार दिउँसो पार्टी कार्यालय धुम्बाराहीबा बसेको बैठक भोलि पुन बस्ने गरी सकिएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी कमिटीका सदस्यअरुलाई अध्ययन गर्न दिइएको छ । बैठकमा उनले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस