काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा २ सयले घटेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।