राष्ट्रिय सभामा दलका नेताहरुले सम्बोधन गर्ने
काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दलको नेताहरूले सम्बोधन गर्ने तय गरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रिय सभाको २१औँ अधिवेशनको कार्यसूची समेत तयार पारेको छ ।
जसअनुसार आज दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा दलीय आधारमा दल नेताहरूले शुभकामना दिने र सरकारले ल्याएका ८ वटा अध्यादेशहरू पेश गर्ने लगायतका कार्यसूची छन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक लगायतको सहभागिता रहेको थियो ।
यस्तै आजै दिउँसो ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस