विश्वविद्यालयमा बम विस्फोट हुँदा चारको मृत्यु
खबर एक्सप्रेस
२०७६-०४-०३ ११:०० मा प्रकाशित
Total Shares: 737
काठमाडौं - अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । विस्फोटमा परी चारजनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठमध्ये एकजना भने किशोरी रहेको जनाइएको छ ।
विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस