बैतडीमा कांग्रेस र ओली पक्षबीच झडप,तीन जना घाइते
खबर एक्सप्रेस
२०७७-११-०४ ०७:५२ मा प्रकाशित
Total Shares: 525
काठमाडौं - बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा झडप भएको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा कांग्रेस र नेकपाको ओली पक्षबीच झडप भएको हो। झडपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्।
ओली पक्षका स्थानीय कार्यकर्ता मुकेश पालको नेतृत्वमा आएको टोलीले ढुंगा प्रहार गरेको कांग्रेसको आरोप छ। विरोध सभा बिथोल्न नेकपा ओली पक्षका कार्यकर्ताले ढुंगामुढा गरेपछि झडप भएको बताइएको छ ।
अहिले प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस