काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार  १६७  जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १७ हजार ९७१  जनाको पीसीआर र ५७७  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७   जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका छन्।

२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ८५६ जनाको मृत्यु भएको छ। 

यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ।  ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५  हजार ४५५ जना व्यक्ति निको भएका छन्।