घरेलु टोली आयरल्यान्डसँग पोर्चुगल पराजित
खबर एक्सप्रेस
२०७८-०७-२६ ०८:४९ मा प्रकाशित
Total Shares: 197
काठमाडौं - फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोर्चुगल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल घरेलु टोली आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही गोलको अवसर सिर्जना गरेपनि गोलको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुगेको हो । ८१औं मिनेटमा पेपे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो ।
बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । यसबाट पोर्चुगलले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । सर्वियाको पनि समान १७ अंक नै रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस