राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
खबर एक्सप्रेस
२०७८-०९-२७ १२:५७ मा प्रकाशित
Total Shares: 154
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।
विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस