रीश्मा गुरुङले गरिन् बिहे
खबर एक्सप्रेस
२०७६-११-०३ ११:०० मा प्रकाशित
Total Shares: 311
काठमाडौं - सुपरहिट नेपाली चलचित्र ‘कबड्डी’बाट डेब्यू गरेकी अभिनेत्री रीश्मा गुरुङ ‘मैयाँ’ बैवाहिक जीवनमा बाँधिएकी छन् ।
‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित रीश्माले आफ्ना प्रेमी सन्दिप गुरुङसँग शुक्रबार पोखरामा बिहे गरेकी हुन् । थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई धेरै दर्शकले रुचाएका थिए ।
दुलहा र दुलही पक्षका परिवारको उपस्थितिमा उनीहरुको विवाह सम्पन्न भएको बताइएको छ । रीश्माको बिहेमा चलचित्रकर्मीहरुको उपस्थिती थिएन ।
फेसबुक पेज Like गर्नुहोस