पोखरा - गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक सोमबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका ४ जना र स्याङ्जाका १ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५२९ पुगेको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ४ जना पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

त्यसैगरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको हरिनासका एकजना पुरुषमा कोरोना देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशभर हालसम्म निको हुनेको संख्या १३३० पुगेको पनि जनाइएको छ । हालसम्म ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।