सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन
खबर एक्सप्रेस
२०८१-०७-२३ ०२:५९ मा प्रकाशित
Total Shares: 117
काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो ।
प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो।
सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस