विप्लव र कर्णजित बुढा नेतृत्वको दुई पार्टीबीच एकता
खबर एक्सप्रेस
२०७९-१२-०१ १२:२० मा प्रकाशित
Total Shares: 121
काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ।
पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ। नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए।


.gif)



फेसबुक पेज Like गर्नुहोस