भारतमा साढे १७ हजारमा कोरोना संक्रमण, २८ सय मात्रै निको भए
खबर एक्सप्रेस
२०७७-०१-०८ ११:४६ मा प्रकाशित
Total Shares: 406
काठमाडौं - विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण भातरमा पनि बढ्दै गएको छ । नेपालसँग खुल्ला सिमाना भएको भारतमा संक्रमण साढे १७ हजारमा पुष्टि भएको छ ।
त्यसमध्ये २८ सय मात्रै निको भएर घर फर्किएका छन् । भारतमा अहिलेसम्म ५५९ जनाको मृत्यु भैसकेको छ । १४ हजार २ सय भन्दा धेरै व्यक्तिको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
भारतमा संक्रमणको दर बढेसँगै नेपाल थप सतर्क हुनुपर्ने देखिएको छ । खुल्ला सिमाना भएकोले नेपाललाई खतराको घण्टी रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस