काठमाडौं - नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा विशाल खड्काको बलियो सम्भावना देखिएको छ ।

अध्यक्षका लागि दौडमा रहेका तीन नेता मध्ये दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका विशाल खड्काको बलियो सम्भावना रहेको माओवादी केन्द्रका एक केन्द्रीय नेताले खबर एक्सप्रेसलाई जानकारी दिए । प्रतिस्पर्धामा भने विशाल खड्का,दिनानाथ गौतम र सरल सहयात्री रहेका छन् ।

प्रदेश अध्यक्ष बन्ने दौडमा रहेका यी तीन नेता मध्ये खड्का युवाहरुमा लोकप्रिय मानिन्छन् भने सधै चर्चामा समेत रहन्छन् । दोलखा जिल्लाको नेतृत्वमा रहदा सफलतापूर्वक नेतृत्व सम्हालेका खड्कालाई माओवादी केन्द्रले बागमती प्रदेश अध्यक्षमा जिम्मेवारी दिएमा पार्टीलाई नयाँ उचाईमा पुर्याउन सक्ने क्षमता उनमा भएको माओवादी नेता कार्यकर्ताहरु बताउछन् ।