कांग्रेसलाई बिपक्षी दल नबनाउन दायर रिटमा कारण देखाउ आदेश जारी
खबर एक्सप्रेस
२०७९-१०-२५ ०५:४३ मा प्रकाशित
Total Shares: 173
काठमाडौं-नेपाली कांग्रेसलाई प्रतिपक्ष सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सपनामल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्ष दल र सो पार्टीका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रतिपक्ष दलको नेताको हैसियतमा सुबिधा दिन नहुने भन्दै अधिवक्ता पोखरेलले रिट दायर गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस