भिनिसियस चम्किँदा हारबाट जोगियो रियल
काठमाडौं - रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमै रोकिएको छ । गएराति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो ।
खेलको पाँचौ मिनेटमा नै ग्यारेथ बेलको गोलबाट रियलले अग्रता लिएको थियो । त्यसपछि ४६औं मिनेटमा रोजर माार्टीले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए । ५७औं मिनेटमा जोस काम्पानाले गोल गरेपछि लेभान्टेले खेलमा २-१को अग्रता लियो ।
७३औं मिनेटमा सब्सिच्युट ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा रोवेर पायरले गोल गर्दै लेभान्टेलाई खेलमा पुनः ३–२ ले अघि बढाए । तर, ८५औं मिनेटमा भिनिसियसले व्यत्तिगत दोस्रो गोल गर्दै रियललाई हारबाट जोगाए ।
बराबरीपछि रियलको २ खेलबाट ४ अंक पुगेको छ भने लेभान्टेको २ अंक मात्र छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस