भागरथी प्रकरणमा पक्राउ परेका दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति
खबर एक्सप्रेस
२०७७-११-०५ ०५:०५ मा प्रकाशित
Total Shares: 561
काठमाडौं - बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत बैतडीले अनुमति दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले यसबारे जानकारी दिएका हुन् । आरोपित भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
ती किशोरले लबलेक जङ्गलको खोँचमा बाटो ढुकेर भागरथीको हत्या गरेको डीआईजी सुवेदीले जानकारी दिए ।
उनले भागरथीलाई बलात्कारपछि भीरबाट लडाएर बेहोस बनाई घाँटी थिचेर हत्या गरेको खुलेको छ। भट्टले रिसिइबीका कारण हत्या गरेको प्रहरीमा भनेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस