दार्चुलामा ८० वर्षिया वृद्धाको शव फेला, हत्याको आशंकामा छोरा पक्राउ
खबर एक्सप्रेस
२०७७-०४-२२ १२:३२ मा प्रकाशित
Total Shares: 351
सुर्खेत - दार्चुलामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुहुँ गाउँपालिका २ ब्रम्हदेवीकी ८० वर्षिया नारुदेवी बमको शव बिहिबार बिहान घरनजिकै फेला परेको हो ।
बमको हत्याको आशंकामा उनका छोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।
घरभन्दा २० मिटर टाढा र बमको घाँटीमा निलडाम देखिएकोले हत्याको आशंकामा छोरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाँटी च्यापेर बमको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बमका छोरामाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस