टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा
काठमाडौं - जापानको टोकियाेमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको सङ्ख्या २३ पुर्याएको छ ।
चीन २३ स्वर्ण, १४ रजत र १२ कास्यसहित ४९ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २० रजत र १४ कास्य गरी ५४ पदक जितेको छ ।
तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, पाँच रजत र आठ कास्यसहित ३० पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित कुल ३१ पदक जितेको छ ।
रुस ओलम्पिक कमिटीले ११ स्वर्ण, बेलायतले नौ, दक्षिण कोरियाले पाँच तथा फ्रान्स, नेदरल्यान्ड, न्युजिल्यान्ड र चेक रिपब्लिकले चार/चार स्वर्ण जितेका छन् ।
यस्तै, जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले तीन/तीन स्वर्ण जितेका छन् । इटली, चाइनिज ताइपे, हङ्गेरी, स्लोभानिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । ३० वटा देशले एक/एक स्वर्ण जितेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस