काठमाडौं,एजेन्सी - अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । गएराति भएको खेलमा अमेरिकाले कोस्टा रिकामाथि ४–० को सानदार जित दर्ता गरेको हो । 

घरेलु मैदानमा अमेरिकालाई जिताउन ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जियोभानी रेनाले समान एकएक गोल गरे । खेलको आठौं मिनेटमा ब्रेण्डनले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए भने ४२औं मिनेटा डरयाल डिकेले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे ।  त्यसपछि ५२औं मिनेटमा रिगी क्यानोन र  ७७औं मिनेटमा जियोभानी रेनाले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई ४–० को जित दिलाए । 

हालै अमेरिका मेक्सिकोलाई पराजित गर्दै कोन्काफ नेसन्स लिग च्याम्पियनसमेत बनेको थियो ।