एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस थप फैलिन सक्ने बताएका छन् ।

महासचिव टेड्रस एडनमले कोरोनाविरुद्ध सबै एकजुट नभए थप भयावह स्थिती आउने चेतावनी दिएका हुन् ।

'यो एउटा यस्तो भाइरस हो, जसलाई अहिले पनि धेरै देश र धेरै मानिसहरुले बुझ्न सकिरहेको छैन' सोमबार पत्रकार सम्मेलनमा बोल्दै एमनले भने, 'थुप्रै विकसित देश पनि यसको विषयमा गलत निष्कर्ष निकालिरहेका छन् किनभने उनीहरुसँग सही जानकारी नै छैन ।'

अहिलेसम्म कोरोनाबाट विश्वभर १ लाख ७० हजारको मृत्यु भएको छ भने २४ लाख संक्रमित भएका छन् ।