नेपाल र क्यानडाबीचको अन्तिम खेल आज, सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल
खबर एक्सप्रेस
२०८०-१०-२९ ०८:०१ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - नेपाल-क्यानडा एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने खेल बिहान सवा ९ बजे शुरू हुनेछ ।
यसअघि लगातार दुई खेल जितेको नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक र दोस्रो खेलमा ४ विकेटको जीत हात पारेको थियो ।
यो सिरिजलगत्तै नेपाली टोलीले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस् सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ।
फेसबुक पेज Like गर्नुहोस