मिस वर्ल्ड टोनी एन सिंह नेपाल भ्रमणमा
खबर एक्सप्रेस
२०७६-११-२२ ०३:५० मा प्रकाशित
Total Shares: 425
काठमाडौं - मिस वर्ल्ड २०१९ विजेता जमैकाकी टोनी एन सिंह नेपाल आएकी छिन् । उनी बिहिबार मध्याह्नतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।
तीन दिने भ्रमणका लागि नेपाल आएकी सिंहलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।
नेपालमा रहँदा उनले सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा गर्नेछिन् । उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्ने कार्यक्रम रहेको छ । उनले हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुष्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् ।
फेसबुक पेज Like गर्नुहोस