काठमाडौं - आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा तीव्र गतिका युवा बलर गुलशन झा ले पहिलो पटक स्थान बनाएका छन् । 

त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने निश्चित भएको छ । नेपाली टोली अगष्ट अन्तिम साता ओमान भ्रमणमा निस्कनेछ ।

नेपालको टोलीः- 

ज्ञानेन्द्र मल्ल ( कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल ।