चितवन -  चितवनका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धुलिखेल परीक्षण प्रयोगशालामा शुक्रवार गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाले बताएको छ । भरतपुरको प्रयोगशालामा स्वाब परीक्षणको चाप बढेपछि २३६ जनाको स्वाब धुलिखेल पठाइएको थियो । 

भरतपुरको प्रयोगशाला प्रमुख डा नितु अधिकारीका अनुसार संक्रमित मध्ये १२ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुरका ४०,२६,२२,३३,६८ र ६२ वर्षीय पुरुष तथा २९,२८,२१,५२,८५ र २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै रत्ननगर नगरपालिका ५४ वर्षीय पुरुष र इच्छाकामना गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको उनले बताइन् । धुलिखेल परीक्षण प्रयोगशालामा २३६ जनाको परीक्षण गरिएकोमा २२ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।