सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ आज अनुमोदन हुँदै
खबर एक्सप्रेस
२०७८-१२-१५ १०:२२ मा प्रकाशित
Total Shares: 192
काठमाडौं - संघीय संसद्को संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठको नाम आज अनुमोदन गर्दैछ ।
समितिले आह्वान गरेकोे समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको हो ।
समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस