काठमाडौं-नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेटको दोस्रो खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरू हुनेछ ।

आजको खेलमा पनि नेपालले लगातार दोस्रो जीत निकाल्ने लक्ष्य राखेको छ ।

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो ।

पहिलो खेलमा कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेल सोमबार हुनेछ ।