काठमाडौं - नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काको सम्मानमा जर्सी नम्बर ७७ अन्तराष्ट्रिय क्रिकेटमा  प्रयोग नहुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार खड्काको योगदानलाई सम्मान गर्दै सो नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो।

अलराउण्डर पारसले गत मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

नेपालका लागि उनले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित ३१५ रन बनाएका छन् । त्यस्तै ३३ टी–२० खेलमा एक शतक र ४ अर्ध शतकसहित उनले ७९९ रन बनाएका छन् । एक दिवसीयमा उनले ९ विकेट तथा टी–२० मा ८ विकेट लिन सफल भएका छन् ।